संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था : मुख्यमन्त्री बानियाँ
हेटौँडा,, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालका लागि सबैभन्दा उपयुक्त व्यवस्थाका रूपमा वर्णन गरेका छन्। बागमती प्रदेश सरकारद्वारा आइतबार आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले गणतन्त्रले गरिब परिवारको छोरो पनि राष्ट्र प्रमुख बन्न सक्ने व्यवस्था दिएको उल्लेख गरे। मुख्यमन्त्री बानियाँले व्यक्तिको स्वतन्त्रताको सुनिश्चितता गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि …