‘विवाह’ यो शब्द आफैँमा सुन्दर र मनोरम छ । विवाह भन्नाले हामी दुई आत्माका मिलन बुझ्छौँ । जहाँबाट एक महिलाको अर्को जीवन सुरु हुन्छ । विवाह एक समारोह हो जहाँ दुई व्यक्ति एकताबद्ध हुन्छन् । विवाहमा दुई व्यक्तिको मिलन सँगै दुई परिवारको मिलन भन्ने पनि बुझिन्छ । विवाह भन्ने वित्तिकै सजावटका कुरा आइहाल्छ । घरको आगनदेखि घरको छाँगा छहरा समेत सुन्दर शैलीमा सजिएको हुन्छ ।
![](https://satmargaonline.com/wp-content/uploads/2022/09/baljagrijti-642x1024.jpg)
उराठ र उदास त्यो प्राकृतिक पर्यावरणलाई बिदाइ दिदै वर्षा र ऋतुको आगमन हुन्छ । असार महिनाको त्यो रिमझिम त कहिले मुसलधारे पानीका तपतप गर्ने थोपाहरु सँगै एक प्राकृतिक विवाहको आगमन हुँदैछ । त्यस गगनमण्डलमा गजरने त्यो मेघ र चम्किने बिजुलीको विवाह समारोह यस असार महिनाको सबै ग्रहगति मिलेर शुभ साइत जुरेर विवाह पक्का भएको छ । मेघ र बिजुलीको विवाहमा हरेक समारोह प्रकृतिका वस्तुहरुले गरेका छन् । ती बाँसका झाङ्गहरुमा लुकेका ती झाउकिरीले झ्याली बजाउँदै गर्ने क्रममा अग्ला अग्ला पहाडहरु हरियो पछ्यौरा/खोस्टो ओढी विवाहका विधिका पुरेत बनेका छन् । ती हरिया वनमा रम्दै, नाच्दै र आफूसँग भएको सुमधुर आवाजमा बोल्ने सुन्दर मयुरीको बोली भने श्रावण मार्गका हुँदाको कार्यविधि बनेको छ । मयुर त्यो आफ्नो सुमधुर आवाज बेहुला मेघ र बेहुली बिजुलीको प्राकृतिक विवाहमा श्रृतिपय हुँदाको पद्धति बनेको छ भने त्यति मयुरीको धुनमा सरसर गर्दै हल्लिने असारे हावाले भने वनलाई हल्लाइरहेको थियो ।
त्यस हावाले हल्लाइरहेको ती हरिया वन भने त्यस विवाहको मण्डप यानी पूजाघर बनी मेघ र बिजुलीको विवाहको हरेक कार्यविधि पुरा गरिरहेको थिए । मण्डपको वरपर हुने केराका खम्बा भने पहाडका शृङ्खला बनेका छन् । त्यस हिमशृङ्खलाका लहरले गोलो आकार बनाई कदलीको काम गरेका छन भने त्यसको बिच भागमा रहने जग्गेमा भने रुचीअनुसारको शोभादायी जग्गेमा टाङ्गीने चौकुने कपडा बनेको छ । र यसै क्रममा विवाहको मण्डप सजिन्छ । त्यस सजिएको सुन्दर मण्डपमा अब भने बेहुला र बेहुली बस्न सबै प्राणीको एउटै बासस्थान पृथ्वी भने तन्न बनेको र ती बुट्टेदार मखमलाको गलैँचा भने चौर बनेको छ । विवाह भन्ने वित्तिकै सिङ्गार पटार र सजिने कुरामा धेरै ध्यान पु¥याउँछाँे । त्यसैगरी बेहुला मेघ पनि आफ्नो विवाहको लागि तयार हुँदै, आफ्नो शिरमा झुलत पर्ने त्यो हिमचुलीको फेटा मतलब पगरी लाउछन । विहान घाम, उदाइरहने बेला त्यस घामको किरणले हिमचुलीको चुचुरो चुम्दा त्यो हिमचुली बेहुला मोचको पगरी बनेको छ । मनको रानीलाई आफ्नो महलमा भित्र्याउन बेहुला मेघ गडाङ, गुडुङ गर्दै बादलको बिमानमा चडेर आकाशमा आफ्नो विवाहको जन्तीलाई बकुल्लाका तातीलाई जस्तै तरल गतिमा र उत्साहित मन लिई उड्दै बेहुली बिजुलीको घर जान आटेका छन् । बेहुला मेघ बादलको विमानमा सवारी गर्दै गर्दा अर्को तर्फ बेहुली बिजुली भने सिङ्गार पटार र तयार हुन व्यस्त छिन् । बेहुलीको बहुरङ्गी र झिलिमिल वस्त्र भने घाम र पानी सँगै पर्दा देखिने रङ्गीन इन्द्रेणी बनेको र बेहुलीको वस्त्र भने अझ मन्त्रमुग्ध भएको छ । बेहुलीको वहन सँगै शीरमा ओड्ने त्यो सितारे घुम्टी भने रात पर्दाको चम्किलो जुनकिरी बनी बेहुलीलाई अझ अरु थुप्रै प्राकृतिक आदरण मिलि अझ सुन्दर बनाइएको
छ ।
साझ पर्दा पश्चिम गिरिमा रातो देखिने त्यो अस्ताउन लागेको घामको झुल्को भने बेहुलीले भिर्ने त्यो रातो खोस्टो बनेको छ । रात हुँदा देखिने त्यो अध्यारो आवरण भने बेहुली बिजुलीको कपालको चुल्ठो बनेको छ । असारे रिमझिम पानी पर्दा पातहरका महिना स्पर्श गदैृ तपतप गर्दै झर्ने त्यो पानीका थोपाका आवाजहरु भने दुलही बेहुलीको पाउको कल्ली बनेको छ । पयरमा कल्लीलाई बहुरङ्गी वसन र त्यो सितारे घुम्टी ओडि कपालको चुल्ठो सजाइ आफ्नो बेहुला मेघको पर्खाइमा नव वन्धु आफ्नो सुन्दरता झल्काइरहेकी छिन् । पर्दामा लुकेर आफ्नो बेहुलालाई हेर्दै अनि एकैछिनमा पर्दा बन्द गरि लजाउदै मुस्कुराउछिन ।
यो असारे महिनाको पानीले भुवनमा भएका हरेक किसानलाई अन्न उब्जाउन मद्दत गरि अमृत रुपी फल फल्न थाल्छ । त्यस फलेका अमृतहरु भने मेघ र बिजुलीको विवाहको भोज बनेको छ । त्यस भोज सँगसँगै सलामी बाजा घनन घन्काइ मेघले आफ्नो बेहुली बिजुलीलाई ऋतु शरदमा आनन्दको जीवनयापन गर्न आफ्नो महल तर्फ लगे र यसरी मेघ र बिजुलीको विवाहित जीवनको सुरुवात हुन्छ ।
नाम : रोमिशा तामाङ
कक्षा: ९
बालजागृति इंग्लिस सेकेण्डरी स्कूल