मकवानपुरका नागरिकले परिवर्तन चाहेका छन् : पराजुली


हेटौंडा/मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार भरत पराजुलीले मकवानपुरका जनताले परिवर्तन चाहेको बताएका छन् । मकवानपुरे जनताको भावनाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दर्ता गराएको उनले बताए ।

ADVERTISEMENT

प्रतिनिधि सभा क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार भरत पराजुलीले आफ्नो पहिलो चरणको चुनाबी प्रचार अभियान सकेर दोश्रो चरणको प्रचार प्रचारलाई तीब्रता दिएका छन् । ‘अहिलेको पुस्ताको प्रतिनिधित्व रहेको र आम नागरिकको साथ पाउनेमा आफु विश्वस्त रहेको र जनताले मंसिर ४ गते घण्टी चिन्हमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु’– उनले भने ।

‘मकवानपुरको समग्र विकास र यहाँको समस्या समाधानमा केन्द्रीत हुने छु । जिल्लाको विकासको निम्ति सक्ने योगदान दिँदै आएको छु’, उनले भने, ‘मकवानपुरको क्षेत्र नम्बर २ का जनताको माया, आशिर्वाद र मतको अपेक्षा गरेको छु ।’ प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएसंगै उनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *