मतदाता शिक्षा लिनु आवश्यक रहेको: नेता बानियाँ

हेटौंडा/मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका ईन्द्रबहादुर बानियाँले सबैले मतदान प्रक्रियामा सहभागी हुनुपूर्व मतदाता शिक्षा लिनु आवश्यक रहेको बताएका छन् ।

मनहरी– ७ रमौली प्रतापपुरमा मंगलबार गठबन्धनले आयोजना गरेको घरदैलो कार्यक्रममा बानियाँले मत बदर नहोस् भन्नका लागि सबै मतदातालाई मतदाता शिक्षा दिन आवश्यक रहेको बताए । ‘हामी गठबन्धनमा छौँ । मलाई भोट दिन रुख चिन्हमा मतदान गर्नुपर्छ, संघीय उम्मेदवार विरोध खतिवडालाई मत दिन कलम चिन्हमा मत दिनुपर्ने हुन्छ । कोही पनि भ्रममा नपरौँ, कसरी मतदान गर्ने भन्ने विषयमा सबैले सिकौँ । समानुपातिक र प्रत्यक्ष गरी ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ ।’ उनले भने ।

नेकपा एमालेले ४ वर्ष बागमती प्रदेश सरकारको नेतृत्व गर्दा क्षेत्र नम्वर–२ को विकासमा उपेक्षा गरेको भन्दै गठबन्धनको सरकारले १० महिनाको अवधिमा पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, शिक्षा, स्वास्थ्य, रोजगारसँगै जनताको आधारभूत आवश्यकता पूरा गर्ने सन्दर्भमा थुप्रै काम गरेको बानियाँले उल्लेख गरे । एमाले नेतृत्वमा रहँदा भ्रष्टाचारमा लिप्त भएको र पटक–पटक संविधान र व्यवस्था नै मिच्ने प्रयास गरेको भन्दै उनले यो निर्वाचबाट प्रतिगमनकारी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।

सो अवसरमा नेकपा एकीकृत समाजवादीका नेता राजाराम स्याङ्तान, संविधानसभा सदस्य गोविन्दराम चेपाङलगायत गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button