बागमती प्रदेशका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

हेटौंडा, बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् ।

यो सगै वाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । सरकारमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् भने पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सपथ ग्रहण गरेका छन् । एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्रदेश सरकारमा यसअघि मुख्यमन्त्री जम्कट्टेल ६ मन्त्री नियुक्त गरिसकेका छन् । मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका बहादुरसिंह लामलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामालाई खानेपानी, ऊर्जा तथा सिचार्इं मन्त्रालयको जिम्मेवारी दिएका थिए । माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेका छन् ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button