हेटौडा, मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–५, डिल्लिपुरकी ५० वर्षीया सन्तमाया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सोमबार सौतेनी छोरा २६ वर्षीय इन्द्र बहादुरको कुटपिटबाट सन्तमाया गम्भीर घाइते भएका थिए । घाइते सन्तमायाको उपचारको क्रममा मंगलबार चितवन भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार, गत कात्तिक २७ गते विवाद हुँदा डिलबहादुरको जेठी श्रीमतीको छोरा अन्दाजी २६ वर्षीय ईन्द्रबहादुर चेपाङले सन्तमाया कुटपिट गरेका थिए ।
इन्द्रबहादुरको कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लागिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । आमालाई कुटपिट गर्ने छोरा ईन्द्र बहादुर चेपाङलाई प्रहरीले नियन्त्रणम लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।