प्याव्सन मकवानपुरको १९ औँ साधारणसभा भरतपुरमा

हेटौंडा, निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको १९ औँ साधारणसभा शुक्रबार चितवन जिल्लाको भरतपुरमा आयोजना भएको छ ।

ADVERTISEMENT

प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष विनोद सुवेदीले, आर्थिक प्रगति प्रतिवेदन विष्णुहरी सुवेदीले प्रस्तुत गरेका थिए । साधारणसभामा संघीय संसदमा पेश भएको शिक्षा विधेयकको विरुद्ध आवाज उठाउने सहभागी एक वक्ताले बताए । कार्यक्रममा प्याव्सन सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, केन्द्रीय सदस्य मदनकुमार दाहाललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *