‘विकास भन्ने वित्तिकै र नारा लेख्दैमा सम्भव हुँदैन’

थाहा कला केन्द्रको आयोजना तथा थाहा भलिबल संघको समन्वयमा थाहा नगरपालिकामा पहिलो पटक बिच भलिबल प्रतियोगिता आयोजना हुँदैछ । थाहा नगरपालिका वडा नम्वर- ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिताको विषयमा लिएर थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानसँग सत्मार्ग अनलाइनले गरेको कुराकानी अंशः


१. बिच भलिबल आयोजना गर्नुको कारण किन हो ?
‘कृषि पर्यटन र पूर्वाधार थाहा नगरको आधार’ थाहा नगरपालिकाको नारा नै पर्यटन सँग जोडिएको छ । यसर्थ थाहानगर पर्यटनको लागि अभ्यास गरिरहेको छ भन्ने सन्दर्भ यसै नाराबाट सिद्व हुन्छ । तदनुरुप निरन्तर कला सँग सम्बन्धित रही विविध अभियानहरु सञ्चालन गर्दै आइरहेको थाहा कला केन्द्रलाई यस बर्ष थाहा नगरको पर्यटन सँग जोडाउने योजना बनायौ र कलाकेन्द्रलाइ कुन माध्यमले पर्यटन सँग जोड्ने भन्ने कुराको निस्कर्षमा खेलकुद तय भएसँगै अब खेलकुदमा पनि अलि नौलो गरौनत भन्ने हेतुले थाहागनमै पहिलो पटक अहिले सम्म कसैले पनि नगरेको विशेषगरी समुद्री देशहरुमा समुद्रको किनारमा खेलाइने यो खेल हामी थाहामै कृतिम विच निर्माण गरि किन नखेलाउने त भन्ने सोचले यो प्रतियोगिताको आयोजना गर्ने जमर्को गरेका हौ । अहिले यस्को हामी व्यापक तयारीमा लागिरहेका छौ हामी अहिले यसैको प्रचार प्रसारको लागि खटिरहेका छौ । यो अन्तर्वार्ता पढ्नुहुने हेर्नुहुने आम महानुभाबहरुलाइ पनि यस्को प्रचारको लागि आगह गर्दै यहि असोज १४/१५/१६ र १७ गते हुने प्रतियोगिता अवलोकन गर्नुहुनको लागि अनुरोध पनि गर्दछु ।

२. भलिबल विद्यालयको प्राङ्गणमा गर्दै हुनुहुन्छ । विद्यालयलाई असर गर्दैन?
एकदमै राम्रो प्रश्न उठाउनु भयो । प्रतियोगितार कार्यक्रम थाहा -३ को जनकल्याण माविको प्राङ्गणमा हुने निश्चित नै हो । हामीले विद्यालयको प्राङ्गणभित्र बिच निर्माणको कार्य पनि थालिसक्यौँ । यो प्रतियोगिताले विद्यालयको पठन पाठन प्रकृयालाइ बिल्कुलै असर गर्दैन किनकी यो प्रतियोगिता हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमी दशैको अवसरमा गर्न लागेको हौ । मलाइ जहासम्म लाग्छ सायद सम्पूर्ण विद्यालयमा असोज १० गतेसम्ममा दशै बिदा भैसकेको हुनेछ । तर हाम्रो कार्यक्रम असोज १४ देखि सुरु हुने भएकोले विद्यालयको पठपाठनमा बिल्कुलै असर नपर्ने कुरामा दुइमतै छैन ।

३. प्रतियोगितामा थाहा नगरपालिकाको मात्र सहभागिता जनाउँछन् या बाहिरका टिम पनि समावेश हुन्छन् ?
प्रतियोगिता मकवानपुर जिल्ला स्तरीय भएकोले मकवानपुर जिल्ला भरिका सम्पूर्ण खेलाडिहरुले सहभागी जनाउन पाउनेछ्न । तर उहाँहरुले यहि असोज १ गतेदेखी १० गतेसम्म मात्रै फाराम भर्न पाउनेछन । फाराम शुल्क र टिम दर्ता शुल्क भने हामीले जम्मा रु एक हजार एक सय मात्र तोकेका छौ ।

४.प्रतियोगितामा विजयीलाई पुरस्कार के कस्तो रहेको छ ?
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दितिय हुने टिमले २५ हजार र तृतिय हुनेले नगद १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट टिम र खेलाडिले नगद ५/५ हजार रुपैया पनि प्राप्त गर्नेछन । त्यससंगै शिल्ड मेडल प्रमाण पत्र पनि प्राप्त गर्नेछन। समग्रमा भन्ने हो भने यो पुरस्कार राशी अत्यन्तै राम्रो हो किनकी बिच टिममा जम्मा २ जना खेलाडी मात्रै हुने भएकोले पुरस्कार राशिलाइ राम्रो मानिएको छ ।

५. पर्यटन प्रवद्र्धनको लागि कार्यक्रम आयोजना गरेको भनेर प्रचारप्रसार गर्नुभएको छ । खेलबाट कसरी पर्यटन प्रवद्र्धन हुन्छ ?
मैले सुरुमै पनि थाहा नगरको पर्यटनको कुरा गरिसके । वास्तबमा यो प्रश्न सबैको मनमा उब्जिएको प्रश्न पनि हो मलाइ केही साथीहरुले पनि यो विषयमा सोध्नुभएको थियो । तर यो प्रश्नमा मेरो उत्तर के हुन्छ भने पर्यटन अत्यन्तै सम्बेदनशील क्षेत्र हो । यसको विकास र प्रवर्दन भन्ने बित्तिकै हुँदैन र नारा लेख्दैमा मात्रै पनि हुदैन । तर मैले चाहिँ यो खेलबाट कसरी पर्यटनलाइ जोड्न सकिन्छ भन्ने अन्दाज लगाएको छु भने हामीले कार्यक्रममा विविध आकर्षणहरु पनि समाबेश गर्ने भएका छौ जस्तो यहाका स्थानिय कला सँस्कृती झल्कने झाकी प्रदर्शनी, हरेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्वारा सास्कृतिक कार्यक्रम, शारिरिक रुपमा अपाङ्गता भएका थाहा- १ निबासी गायक तथा चित्रकार अमिर बम्जनले मुखले बनाएको चित्रकला प्रदर्शनी, नेवारी खाजा आइटम प्रदर्शनी, विभिन्न भेराइटिका परिकारहरुको आइटमहरु तथा सामुहिक नृत्य प्रतियोगिता समेत यसै कार्यक्रमको बिच हामीले राखेका छौ र ती सबै विषयलाइ अवलोकन गर्न आउनुभएका महानुभावहरुलाइ सिङ्गो थाहा नगर चिनाउने थाहा चिनारी बोर्ड निर्माण गरि थाहाको पर्यटन गन्तब्यस्थलको फोटो प्रदर्शनी पनि यहाँ राख्नेछौ । जस्मा अवोलोकन कर्ताहरुले थाहाको पर्यटन स्थलहरु त्यसकार्यक्रम मार्फत थाहा पाउनेछन । हाम्रो उदेश्य नै त्यही रहनेछ । जहासम्म लाग्छ सायद सोचेअनुरुपकै हुनेछ ।

६. प्रतियोगिता आयोजना गर्नको लागि कति जति खर्च लाग्छ रु आर्थिक संकलन कसरी जुटाइरहनु भएको छ ?
कार्यक्रमको खर्च अनुमानित हामीले सुरुमा नौ लाख सत्ताइस हजार रुपैया मात्रै अनुमान गरेका थियौ तर अहिलेसम्मको स्थितिमा हेर्दा खर्च अलि बढी हुने जस्तो भएको देखिएको छ । यस्को लागि हामीले विभिन्न संघ सस्था, मन्त्रालय, तथा थाहा नगरपालिकामा माग गरेका छौ र नपुग बजेट हामी सन्कलनको अभियानमा दौडिरहेका छौ ।

७. अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्तमा तपाइले आफ्नो ब्यस्तताको वाबजुद यो समय निकालेर मसँग केही कुरा जानकारी लिएर आम पाठकहरुसम्म पुर्याउने कार्य गरिदिनुभएकोमा सर्वप्रथम विशेष आभार व्यक्त गर्दछु । र जादाजादै के भन्न चाहन्छु भने यहि असोज १४ देखि १७ गते हुने यो प्रतियोगिता तथा कार्यक्रमलाइ पुरै अवलोकन गरिदिनुहुन विनम्र अनुरोध गर्दछु र जसजसले यो अन्तर्वार्ता पढ्नुहुनेछ सबैले शेयर गरि थाहाको पर्यटनलाइ अझ प्रवर्दनमा जोड दिनुहुन पुन अनुरोध गर्दै छुटिन चाहन्छु धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button