सङ्कल्प: जीवनको प्रेरणा र उद्धीपन

यो विश्वमा भएका प्रत्येक मानिसका बेग्ला बेग्लै इच्छा र चाहनाहरु हुन्छन् । आफ्ना यिनै इच्छा र चाहनाले भरिएको सपनाको झोला बोकी प्रत्येक मानिस आफ्नो गन्तव्यतर्फ हिडिरहेका हुन्छन् । तर जब उसलाई कता जाने थाहा नै छैन भने ऊ हिँडेको पनि केही अर्थ हुँदैन त्यसैले एउटा व्यक्तिले आफ्नो लक्ष्यको बाटोमा हिँड्दा सङ्कल्प गर्न जरुरी छ । हो सङ्कल्प । सङ्कल्प एउटा शक्ति हो र हाम्रो सपना परिपूर्ति हुने बेलाको साथी हो । भनिन्छ नि कतिपय मानिसहरुको सपना समयमै पूर्ण हुन्छन, कतिपयको परिपूर्ति हुनुमा लामो समय कुनुर्पछ र कतिपयको पूरा नभई जीवनलीला समाप्त हुन्छ । त्यो हुन्छ जब मानिसमा आफैँको लागि एउटा अठोट । सङ्कल्प हुँदैन । हुन त प्रत्येक मानिसका सबै उद्देश्य पूरा हुने भए यो धर्ती सायद स्वर्ग बन्थ्यो होला । यदि मानिसमा सङ्कल्प भयो भने ऊ दिनरात दुःख गर्छ अघि बढ्छ, कति ठाउँमा चिप्लिएर लड्छ, कति ठाउँमा नमज्जाले पछारिन्छ यद्यपि ऊ अघि बढ्न कहिल्यै छोडदै नर जीवन मार्गमा निरन्तर बढिरहन्छ, बढिरहन्छ ।

गुडिरहेका पाङ्ग्राहरु जस्तै मानिसहरु पनि आफ्नो जीवनमा हिँडिरहेका हुन्छन् । तर जति गुडेपनि सङ्कल्प नगरेसम्म भासिएको पाङ्ग्रा जस्तै हुन्छ मानिसको जीवन । सपना ठूलो होस् या सानो अठोट गर्न जरुरी छ । सबैले सङ्कल्प त गर्लान तर फरक यति छ कि कोही मानिसको सङ्कल्प ठुलो हुन्छ त कुनै मानिसको सङ्कल्प सानो हुन्छ । भन्नाले कसैको सङ्कल्प सामान्य र सरल हुन सक्छ जस्तै तपाईको सङ्कल्प भविष्यमा खुल्ला विद्यालय खोल्नु हो । तर कसैको सङ्कल्प अत्यन्त उच्च र आदर्श हुन सक्छ जस्तै विश्व शान्ति गर्नु हो । मानिसहरुले सङ्कल्प गर्दा सपना नै उनीहरुको समिा हुन्छ । उनीहरु त्यसै विचारमा खन्छन, जहाँ उनीहरुले आफूलाई सोचेको क्षेत्रमा समीषा गर्न सक्छन् ।

प्रत्येक मानिसले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको सङ्कल्प गर्दछ । कसैले छोरो अथवा छोरी हुने कसैले बडी कम्पनी स्थापना गर्ने र कसैले गरिबीलाई निर्मुल बनाउने सङ्कल्प गर्छन् । यसैगरी कसैको सङ्कल्पले उनीहरुलाई अत्यन्त उच्च लक्ष्यहरुमा पुग्न मार्गमा प्रेरित गर्दछ । सङ्कल्पमा बदलाव ल्याउने क्षमता हुन्छ । सङ्कल्पले हाम्रो आत्मविकासमा महत्वपूर्ण भूमिका खेल्दछ । सङ्कल्प बनाउँदा हामीले के चाहिएको ठान्नुपर्छ । यति मात्र होइन सङ्कल्प गर्दा हामीले धेरै कुरा ध्यानमा राख्नुपर्छ जस्तै हाम्रा इच्छाहरु विपूल र सकरात्मक हुनुपर्छ जसले हामीलाई उत्साहित गर्नुपर्छ । सङ्कल्प गर्ने भनेर मात्र पनि हुँदैन यसको गर्ने तरिका पनि थाहा हुनुपर्छ । सङ्कल्प गर्ने मात्र भनेर पनि हुँदैन, यसको गर्ने विधि पनि त थाहा हुनुपर्छ । त्यसैले सङ्कल्प गर्नुभन्दा अगाडि के कुरामा सङ्कल्प गर्ने हो भनेर मानिस स्पष्ट हुनुपर्छ । मानिसले आफ्नो सङ्कल्पलाई कायम राख्न, मानिसमा धैर्यता हुनुपर्छ किनकी धैर्यले मानिसको जीवनमा सफलता आफैँ आउँछ भन्ने मेरो विश्वास छ । यदि कोही मानिस सङ्कल्प गर्दा गर्दै पनि सफल हुँदैन भने उसले सङ्कल्प गरेको तरिका गलत हुन सक्छ । जस्तै हामीले सङ्कल्प गर्दा आफूले सक्ने कुरामा मात्र अठोट गर्नुपर्छ । यदि त्यो गर्दा पनि भएन भने चाहिँ पक्कै हाम्रो मेहनत नपुगेको हुन सक्छ र त्यति बेलामा चाहिँ हामीले हिम्म हार्नुहुँदैन ।

सङ्कल्प गर्दा मात्र हुँदैन हामीले उत्तीकै सङ्घर्ष गर्न पनि जरुरी छ । सङ्घर्ष गर्दा दिनरात सङ्घर्ष नगरेपनि सायद सकेको समयमा सङ्घर्ष गर्दा पनि धेरै हो । मानिसले सङ्कल्प गर्दा आफ्नो आत्मविश्वासमा पनि विकास गर्न सक्छ भन्ने मेरो धारणा हो । तर सङ्कल्प चाहिँ आफ्नो इच्छा भएको कुरामा मात्र प्रयोग गर्नुपर्छ । किनकी यदि इच्छा नै छैन भने अठोट गरेर मात्र के फाइदा ? सङ्कल्पले गर्दा धेरै मानिसहरु महान् बन्न सकेका छन् । गौतम बुद्धको बारेमा त सुनेकै होला जसले आफ्नो दरबारमा भएको राम्रो जीवनलाई छोडी राष्ट्रमा शन्ति फैलाउन उनी गहिरो तपस्या गरिराखे र उनको कारणले राष्ट्रमा शान्ति फैलियो पनि । उहाँ अहिले अमर हुनुहुन्छ किनकी उहाँ आफ्नो कामप्रति लगनशील थिए ।

त्यस्तै अर्को महान मानिसको उदाहरण लक्ष्मी प्रसाद देवकोटा पनि हुन् जसलाई मानिसहरुले पागल कवि भनेर पनि चिन्छन् । त्यसैले आफ्नो लक्ष्यमा हिँड्नको लागि सङ्कल्प गर्न महत्वपूर्ण छ । आजका फूलेका फूलहरु भोलिको भविष्यमा सुवास छर्न सफल होस् । विद्यार्थीहरु जसले झोलामा किताबसँगसँगै लक्ष्य बोकी हिँड्छन उनीहरु पनि भोलिको दिनमा लक्ष्य पूरा गर्न सकोस् । युवाहरु वा वृद्धहरु जो सुकै भएपनि आफूले चाहेको वा गर्न सक्ने कुरा सङ्कल्पले पूरा होस् । यति भन्दै म मेरो निबन्ध यहि टुङ्गाउन चाहन्छु ।
नाम : आयुसा श्रेष्ठ
कक्षा : १०
बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button