लागूऔषध ओसारपसार गर्ने तीनजना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले हेटौंडा–१५ स्थित चुरियामाई मन्दिर नजिकैबाट अबैध लागूऔषध नाईट्राभेट सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ह १३७२ नम्बरको अटोलाई शंका लागि विहीबार चेकजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्राभेट २ सय ९९ ट्यावलेट फेला पारी ३ जनालाई पक्राउ गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–१८, भगतपुर घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका–१ ब्रिटिशक्याम्प रोड बस्ने २७ वर्षीय सन्तोष सिंह, अटोमा सवार चितवनको भरतपुर–२ क्षेत्रपुर बस्ने बर्ष ३५ वर्षीय ईश्वर श्रेष्ठ र ३४ वर्षीय रमेश घले रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button