टेबुल टेनिल प्रतियोगितामा श्रीजन पुडासैनी प्रथम

हेटौंडा, हेटौंडा क्याम्पस कक्षा ११ मा अध्ययनरत छात्र श्रीजन पुडासैनीले टेबुल टेनिस प्रतियोगिताको उपाधी जित्न सफल भएको छ । मङ्गलबार हेटौडा क्याम्पसमा भएको प्रतियोगितामा बिपिन खड्का द्वितीय र अनमोल क्षेत्री तृतीय हुन सफल भए ।

प्रोग्राम मिट सञ्चालन समिति बिएड तेस्रो वर्षको आयोजनामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी टेबल टेनिस र सटपुट खेलको प्रतियोगिता आयोजना गरिएको थियो । सटपुटखेलमा श्रीस्ती घलान प्रथम, सबिना वाइबा द्वितीय र उषा घलान तृतीय हुन सफल भइन् । प्रतियोगितामा विजयी भएकाहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरेको थियो ।

हेटौंडा क्याम्पस बि.एड संकाय अन्तर्गत स्वास्थ्य तथा शारीरिक शिक्षा विषय लिई अध्ययनरत विद्यार्थीहरुको त्रिभूवन बिश्वविद्यालयबाट २०७९ सालमा सञ्चालित स्नातक तह तेस्रो बर्षको वार्षिक परीक्षाको प्रोग्राम मिट गर्नको लागि प्रतियोगिता आयोजना गरिएको हो ।

हेटौंडा क्याम्पसका निमित्त क्याम्पस प्रमुख श्री बालकृष्ण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली विषय संकाय प्रमुख मनोज पोख्रेल, नेपाली बिषय विभागीय प्रमुख गोविन्द पोख्रेल, स्ववियु अध्यक्ष अभि मैनालीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button