हेटौंडा। नेपाल विद्यार्थी संघ हेटौंडा क्याम्पस इकाई समितिले आयोजना गरेको नृत्य प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्ययनरत छात्रा दिपिका थापा प्रथम हुन सफल भएकी छिन् ।

२४ जनाले सहभागिता जनाएको प्रतियोगितामा कक्षा एघारकी नितिशा आले मगर द्वितीय, कक्षा एघारकी रोश्लिना ब्लोन तृतीय हुन सफल भए । प्रतियोगितमा विजयी भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । नेवि संघ, हेटौंडा क्याम्पसका इकाई सभापति युवराज विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख देविराम लामा, क्याम्पस संचालक समितीका सदस्य भुपेन्द्र कोइराला, क्याम्पस उप–प्रमुख बालकृष्ण शर्मा घिमिरे, रामु कडेलको आतिथ्यता रहेको थियो । विद्यार्थीहरुलाई पढाइका साथसाथै अतिरिक्त कृयाकलापमा सहभागी बनाई क्षमता पहिचान र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको सभापति विश्वकर्माले बताए ।

