स्थापना दिवसमा फलफूल वितरण

हेटौँडा, हेटाैँडा-६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाले आफ्नो २९  स्थापना  दिवसको   अवसरमा  हेटाैँडा २ मा  रहेकाे ॐ वृद्वाश्रममा रहेका वृद्वावृद्वाहरुलाई फलफूल  वितरण गरेकाे छ । वृद्वाश्रमले स्थापना गरेकाे अक्षयकोषकाे लागि १० हजार ५५५ रुपैया  र वृद्ववृद्वाहरुकाे लागि  फलफूल  वितरण गरिएको हो। 

ADVERTISEMENT

सहकारी संस्थाका अध्यक्ष  बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम हिमाल  पाैडेलकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।कार्यक्रममा  वृद्वाश्रमका निवर्तमान  अध्यक्ष  बुद्वि प्रसाद पाैडेल, सहकारी संस्थाका निवर्तमान  अध्यक्ष  रघु प्रसाद आचार्य, पूर्व उपाध्यक्ष  खिल प्रसाद गाैतम, नारायण  प्रसाद अधिकारी , सचिव राृम बहादुर न्याैपाने, सल्लाहकार  बद्री  बहादुर  पाठक, गणेश कुमार श्रेष्ठ ,सञ्चालक समिति , लेखा समिति, सञ्चारकर्मी , कर्मचारी , शेयर सदस्य  लगायतकाे सहभागीता थियाे ।२०५३ साल भदाै २४ गते स्थापना भएकाे सहकारी संस्थामा करिव ३ हजार शेयर सदस्य रहेका छन भने करिव ३१ कराेडकाे काराेवार भएको व्यवस्थापक दिपेन्द्र गौतमले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *