भेट्रान्स फुटबल प्रतियोगिताः प्रोटेस्टका कारण चितवन बाहिरयो, नागस्वती विजयी

हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा भएको उद्घाटन खेलमा नागस्वती भेट्रान्सलाई ट्राइबेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै चितवन भेट्रान्स विजयी भएको थियो । उक्त खेलमा चितवन भेट्रान्सले नियमभन्दा बाहिरका खेलाडी खेलाएको भन्दै नागस्वती भेट्रान्सले प्रोटेस्ट हालेको थियो ।

ADVERTISEMENT

नागस्वती भेट्रान्स क्लबबाट परेको उजुरी (प्रोटेस्ट) को आधारमा आयोजक कमिटिले छानबिन गर्दा चितवनका एक जना खेलाडी ३६ वर्ष भएको फेला परेको हुंदा नागस्वती भेट्रान्सले माग गरेकोप्रोटेस्ट सही सावित भएको रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए । खेलमा चितवन भेट्रान्स क्लव बिजयी भएतापनि खेलको नियमानुसार नागस्वती भेट्रान्स क्लबलाई उक्त खेलको बिजेता घोषित गरेको उनले बताए ।

भाद्र २८ गते नागस्वती भेट्रान्सले दिउँसो ३ः ३० बजे सेमिफाइनल प्रवेशको लागि फ्रिडम फ्राइटर भेट्रान्स काठमाडौँसँग प्रतिस्पर्धा गर्ने भएको छ । आज भएको खेलमा यूनिटी भेट्रान्स विरगञ्जलाई ५–१ को गोल अन्तरले पराजित गर्दै फ्रिडम क्वाटरफाइनल प्रवेश गरेको हो ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *