मोबाईल खरिदमा स्कुटरका साथै थाइल्याण्ड भ्रमण प्याकेज

हेटौंडा, माबाईल एशोसिएसन अफ नेपाल (म्यान मकवानपुर) ले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न प्याकेज ल्याएको छ ।

ADVERTISEMENT

म्यान मकवानपुरले नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै विभिन्न प्याकेज ल्याएको हो । म्यान मकवानपुरले सो बारेमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

उपहार योजना कार्यक्रमका संयोजक एवम् म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले यस वर्ष मोबाईल खरिद तथा मोबाईल मर्मत गर्दा मोबाईल पसलबाट ग्राहकलाई कुपन प्रदान गरिने जानकारी दिए ।

‘हामीले १२ लाख २३ हजार पाँच रुपैयाँ बराबरको पुरस्कारहरु प्रदान गर्दैछौं, संयोजक न्यौपानेले पत्रकार सम्मेलनमा भने ।

उनले असोज १ गत अर्थात आजैका दिनबाट उपहार योजना कार्यक्रम सुरुवात भएको घोषणा गर्दै ग्राहकहरुले अबदेखी मोबाईल खरिद तथा मर्मत गर्दा एउटा कुपन लिन आग्रह गरे ।

Advertisement 5

उपहारहरु ५ सय ३४ जनालाई प्रदान गरिने उनको भनाई छ । उनले बम्पर पुरस्कार १ जनालाई स्कुटर प्रदान गर्ने र एक जनालाई थाईल्याण्ड टुर प्याकेजको समेत व्यवस्था गरिएको बताए ।

पुरस्कारहरु इनफिनिक्स जिरो फोन एक जनालाई, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, किप्याड फोन २० जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई र स्मार्ट फोन ११ जनालाई प्रदान गरिने संयोजक न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *