हेटौंडा, साहित्य सङ्गम मकवानपुरले स्थापना गरेको अक्षयकोषका लागि डा. केशव श्रेष्ठ ‘ज्योति’ले १ लाख रुपैयाँ सहयोग गरेका छन्। सङ्गमका संस्थापक सदस्य तथा साहित्य सङ्गम मकवानपुर कृति सम्मानका संस्थापक रहेका श्रेष्ठले सङ्गम साहित्य उत्सव कार्यक्रममा संस्थाका अध्यक्ष डी.बी. बर्तौलालाई चेक हस्तान्तरण गरेका हुन्।
सो अवसरमा डा. श्रेष्ठले हालसम्म २५ हजार रुपैयाँ रहेको साहित्य सङ्गम मकवानपुर कृति सम्मानको राशी आगामी वर्षदेखि ३५ हजार रुपैयाँ बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। सङ्गमले नियमित साहित्यिक गतिविधि सञ्चालन गर्न अक्षयकोष स्थापना गरेको हो।







