हेटौंडा, मकवानपुर जिल्ला सहकारी संघको २१ औं बार्षिक साधारणसभा शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका घलानले सहकारी संस्थाहरुले सदस्यहरुको ब्यवशाय प्रवद्र्धन गर्नुपर्ने बताए । उनले सहकारीलाई असल बनाउन सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी कोषाध्यक्ष बिमलकुमार ढकालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक खेमराज सापकोटाले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाकै अवसरमा बिभिन्न सहकारीहरु एकीकरण गरी सहकारीको विकास र प्रवद्र्धनमा योगदान पु¥याएका १३ सहकारी संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित हुने सहकारी संस्थाहरुमा नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–२, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लि. हेटौंडा–२, पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–२, आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१६, युवा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–२, उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१, गतिशिल कृषि सहकारी संस्था लि. फाखेल–४, चुरेशिखर कृषि सहकारी संस्था लि., हेटौंडा १५, श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–२, नारायणी बहुउद्देश्यीय सहकारी संस्था लि. हेटौंडा–९, चौघडा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–६, ज्योति बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–२, नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि। हेटौंडा–६ रहेका छन् ।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी महाशाखा बागमती प्रदेशका रजिष्ट्रार कुमार तामाङ, केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक बिदुर हुमागाई, बागमती प्रदेश सहकारी संघका सञ्चालक एवम् मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल लगायतको आतिथ्यता रहेको थियो । संघका सहसचिव भोगेन्द्र लुईटेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य संघकी उपाध्यक्ष मेनुका घिमिरेले गरेकी थिइन् । ।






