हेटौंडा, रोटरी क्लब अफ मकवानपुरले हेटौंडाको १ नम्बर वडास्थित भैरवडाँडामा रहेको भैरव आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच कक्षा १ देखि ५ सम्मका ४७ जना विद्यार्थीहरुलाई झोला, कपी, पेन्सिल लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेकोे थियो । रोटरीका अध्यक्ष कार्कीले हेटौंडा उपमहानगरपालिकाभित्रै रहेर पनि बत्ति मुनिको अँध्यारोको रुपमा रहेको विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गरिएको बताए । उनले यस विद्यालयलाई अगाडि बढाउन सदैव सहकार्य गर्न तयार रहेको बताए ।
हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष न्यौपानेले सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुनार, रोटरी क्लब अफ
मकवानपुरका पूर्व अध्यक्षद्वय कविन सांगामी र विजयलाल श्रेष्ठ, रोट¥याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीपकुमार राई लगायतको आतिथ्यता थियो । शैक्षिक सामग्री खरिदमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा रोटरी क्लब अफ मकवानपुरका पूर्व अध्यक्ष पुरणबहादुर जोशी, रोटरी क्लब अफ मकवानपुरका सदस्य मोहनप्रसाद ढकाल र पूर्णप्रसाद अर्यालको सहयोग रहेको थियो ।







