भेट्रान्स फुटबल प्रतियोगितामा वडा नम्वर ४ को विजयी सुरुवात


हेटौंडा, लामसुरे खेलकुद विकास समिति हेटौंडा- ९ को आयोजनामा आजबाट तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृती ८ ‘ए’ साइड वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ ।

ADVERTISEMENT

आज भएको उद्घाटन खेलमा साविक विजेता वडा नम्वर ४ ले विजयी हासिल गरेको छ । वडा नम्वर २ लाई १–० को गोल अन्तरले पराजित गर्दै ४ नम्वर वडाले विजयी हासिल गरेको हो । वडा नम्वर ४ बाट प्रकाश महर्जनले गोल गरेका थिए । प्रतियोगितामा महर्जन नै म्यान अफ द म्याच घोषित भए ।आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार भोलि तीन वटा खेल हुनेछन । भोलिको पहिलो खेलमा आयोजक हेटौंडा ९ र वडा नं.१६ बिच बिहान सात बजे, दोश्रो खेल दिउँसो १ बजे वडा नं. ६ बिरुद्ध वडा नं. १४ र अन्तिम खेलमा वडा नं. १२ को बिरुद्ध वडा नं. १५ बीच खेल हुनेछन् ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११, उपबिजेता ले नगद ६५ हजार ५ सय ५५ तथा तेश्रो र चौथो हुने टिमले क्रमस १०र१० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लामसुरे खेलकुद बिकास समितिका संयोजक एवम् वडा सदस्य बिष्णु राना मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ रहेका थिए । माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्र रहेका १४ वटा वडाले सहभागिता जनाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *