कर्रामा गुम्बा उद्धघाटन

हेटौंडा, हेटौंडा–१० कर्रामा बिभिन्न दाताहरुको सहयोगमा चार बर्ष लगाएर निर्माण भएको गुम्बाको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्धघाटन गरेकी छन् । हेटौंडा उपमहानगरपालिका कर्रामा रहेको सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको उद्धघाटन गर्दै नगर प्रमुख लामाले लामो समय देखि ओझेलमा परेको यो क्षेत्रको बिकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन् ।

ADVERTISEMENT

करिब ३४ बर्ष अघि बाट गुम्बा क्षेत्रको रुपमा बिकास हुन लागेको कर्राको यो भेगले सोचे अनुरुप बिकासको गति नलिएको उनले बताइन् । बजार क्षेत्रमा रहेपनि उपल्लो तहमा पहु“च अभाकका कारण ओझेलमा परेपनि अब उपमहानगरले बिकासको गतिलाई अघि बढाउ“ने बताइन् । उनले गुम्बाको पुर्वाधार बिकासका लागि पनि पालिकाले सहयोग गर्ने बताइन् ।
कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटोलाई व्यवस्थित बनाउने काममा उपमहानगर लाग्ने बताइन् । उनले सडकलाई व्यवस्थित बनाएपछि अन्य बिकसको काम अघि बड्ने बताइन् । २०७८ सालमा हेटौंडा उपमहानगरपालिका, ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपिया“ बजेटमा सुरु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

गुम्मा निर्माणमा सहयोग पु¥याएको भन्दै कार्यक्रममा उपमहानगर र ९ र १० नम्मर वडालाई सम्मान पत्र प्रदान गरीएको थियो ।
समितिका अनुसार स्थानिय निकाय बाहेर बिभिन्न क्षेत्रका व्यक्तीहरुले पनि गुम्बा निर्माणमा आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । भवन तयार भएपनि गुम्बामा हुनु पर्ने अन्य कामहरु बा“कि रहेको बताइएको छ ।
सुखवती भुवन टासी जम्बुलिङ गुम्बा अमर लामाको अध्यक्ष्ँतामा भएको कार्यक्रममा हेटौंडा–१० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य बिमल लामा, गुम्बा समितिका संरक्षक किताब सिंह लामा ¥याङला गुठि समाजका अध्यक्ष्ँ सानुकुमार लामा लगाएतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *