सङ्गम साहित्य उत्सवमा ८ स्रस्टालाई सम्मान गर्ने

हेटौँडा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धनका लागि हेटौंडामा ‘सङ्गम साहित्य उत्सव २०८२’ आयोजना हुने भएको छ। अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरको आयोजनामा यही जेठ १० गते एक दिवसीय उत्सव आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

ADVERTISEMENT

उत्सवमा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका आठ जना स्रष्टाहरूलाई विभिन्न सम्मान प्रदान गरिने छ। मकवानपुर साहित्य श्री सम्मान २०८१ राजकुमार लामिछानेलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी नगद १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यसैगरी विशाल अधिकारी (आशुतोष) ले स्थापना गर्नु भएको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान टीका आत्रेयलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी नगद १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यसैगरी प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले स्थापना गर्नुभएको विनोद सुनिता सुवेदी सम्मान २०८१ मकवानपुरे पत्रकार रामकुमार एलनलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । त्यसैगरी दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट समीर पाख्रिनलाई, देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको मङ्गलादेवी स्मृति सम्मान २०८१ बाट ववि थापालाई, मुक्तिगोविन्द वैद्यले स्थापना गर्नुभएको मुक्तितारा साहित्य सम्मान २०८१ बाट यश लामालाई प्रदान गर्ने भएको छ । तीन वटा पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ ।

यसैगरी ऋषि केवि र पूण्यशीला श्रेष्ठले स्थापना गर्नुभएको रामहरि देव सम्मान २०८१ बाट मसान उपासकलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ । यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/०८१ बाट अभय श्रेष्ठलाई प्रदान गर्ने भएको छ । वि.सं. २०८० र २०८१ मा प्रकाशित कवितासङ्ग्रह दर्ता आव्हान गरी प्राप्त ५ कृतिमध्ये लहना र तीर कविता सङ्ग्रह प्रकाशन गरेका काठमाडौ निवासी अभय श्रेष्ठलाई नगद २५ हजार १ रुपैयाँ राशी प्रदान गर्न लागिएको संस्थाका सचिव मनोज पोख्रेलले जानकारी दिए ।

सङ्गम साहित्य उत्सवमा स्रस्टा सम्मानसहित ३५५ औँ नियमित साहित्य सन्ध्या, प्यानल डिस्कसन (सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता), गजल, मुक्तक, कविता वाचन, प्यानल डिस्कसन (कविता: युगको प्रतिबिम्बन), सङ्गम अनुगुन्जन, सम्मानित स्रष्टाहरूको रचना वाचन कार्यक्रम हुने सचिव पोख्रेलले बताए । उत्सवको अनुमानित खर्च रू. २ लाख ५० हजार रहेको छ, जसमा हेटौंडा उपमहानगरपालिकाले रू. २ लाख प्रवर्द्धन सहयोग गर्ने भएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *