वडाध्यक्ष श्रेष्ठकाे सरकारी सुविधा सामाजिक सेवामा

हेटाैंडा/ईन्द्रसराेबर गाउँपालिका २ नम्वर वडाका वडाध्यक्ष सुमन श्रेष्ठले आफूले प्राप्त गर्ने तलब भत्ताकाे रकम सामाजिक सेवामा खर्चन सुरु गरेका छन् । आफ्नाे कार्यकालभर प्राप्त हुने तलब सुविधा सामाजिक काममा खर्च गर्ने घाेषणाका साथ स्थानीय तहकाे निर्वाचनमा भाग लिएका श्रेष्ठले आफूले जितेकाे रकम समाजसेवामा खर्चन सुरु गरेका हुन् ।

उनले साेमबार ईन्द्रसराेबर गाउँपालिका स्थित सिस्नेरीमा रहेकाे बत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई भर्ना र मासिक शुल्क गरी ३२ हजार ५ सय रुपैयाँ सहयाेग गरेका छन् । न्यून वर्गीय विद्यार्थी छनाैट गरि उनीहरुकाे शिक्षामा सहजताकाे लागि उक्त सहयाेग गरिएकाे वडाध्यक्ष श्रेष्ठले बताए ।

आफ्नाे कार्यकाल भरी आफ्नाे तलब भत्ताकाे रकम असहाय वृद्धवृद्धा र न्यून वर्गीय विद्यार्थीलाई सहयाेग गर्ने उनले पतिवद्धता दाेहाेर्याए । विद्यालयमा वडाकाे बजेटबाट न्यानाे कपडासमेत वितरण गरिएकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button