हेटौंडा/ मकवानपुर प्रहरीले अवैध लागूऔषध नाइट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा–१ चौकीटोलस्थित तरकारी बजारबाट भारत घर भई हालः महोत्तरी बस्दै आएका १९ बर्षीय समी मुल्ला अन्सारीलाई पक्रेको हो । प्रहरीले उनको साथबाट ९ पत्तामा रहेको २६५ थान नाइट्रोभेट फेला पारेको हो ।
प्रहरीले उनीसँगै रहेका पर्सा चिपहरमाई गाउँपालिका–२ बस्ने १९ बर्षका राजु शर्मालाई पनि पक्रेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक हवल्दार उमेशकुमार मण्डलको टोलीले शंकाको आधारमा शरीर खानतलासी गर्दा लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।







