खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको अध्यक्षमा राई

हेटौंडा, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल मकवानपुरको अध्यक्षमा कृष्ण राई चयन भएका छन् । आइतबार भएको महासंघको चौथो जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

ADVERTISEMENT

महासंघको उपाध्यक्षमा तेजराज पाण्डे, सचिवमा चन्द्र योन्जन, उपसचिवमा मोहनकुमार न्यौपाने र कोषाध्यक्षमा प्रेमकुमारी चौलागाई चयन भएका छन् । यसैगरी सदस्यमा हरिप्रसाद पुडासैनी, हिमकुमारी राई, तुलसा अधिकारी, डोलनाथ न्यौपाने, प्रेम बहादुर आलेमगर र सिमोन गहतराज चयन भएका छन् । महासंघको लेखा समिति संयोजकमा देवकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यमा लालकृष्ण प्याकुरेल रहेका छन् ।

१७ जना सञ्चालक समिति रहने विधानमा व्यवस्था भएतापनि आइतबार ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । अन्य सदस्यलाई पछि मनोनित गरिने अध्यक्ष राईले जानकारी दिए । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल मकवानपुरको अध्यक्ष प्रकाश पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *