हेटौँडा, हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औँ स्थापना दिवसमा मङ्गलबार हेटौँडामा मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान कार्यक्रम तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ ।

संस्थागत विकास उपसमितिको संयोजक राजकुमार कायस्थको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका आर्थिक सल्लाहकार बिनोद चन्द्र कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सम्मानित हुनेमा साधारण बचततर्फ राजकुमार श्रेष्ठ र श्याम कृष्ण श्रेष्ठ, गृहिणी बचत तर्फ राजीना खड्गे र उर्मिला मानन्धर, दैनिक क्रमिक बचततर्फ राम कृष्ण मानन्धर र राजेन्द्र कुमार थापा रहेका छन् । यसैगरी आवधिक बचत तर्फ राधिका मानन्धर र भुलुर दास, मासिक बचततर्फ कमला थापा र तपेन्द्र कुमार श्रेष्ठ, बाल बचततर्फ केबल राई र सुरज श्रेष्ठ, बाल बचततर्फ संस्कृति तिमल्सिना, बिशेष ओझा, प्रनिस रिजाल, प्रतिक लामिछाने, प्रमिला लामिछाने रहेका छन् ।







