सहकारीमार्फत १ करोड ३८ लाख दूध खरिद विक्री

सुजन ढकाल
हेटौंडा, मकवानपुरमा गत आर्थिक वर्षमा १ करोड लिटर दूध सहकारीमार्फत खरिद विक्री भएको छ । किसानबाट दूध संकलन र विक्री गर्दै आइरहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ३८ लाख ७६ हजार ३ सय ८१ लिटर दूूध खरिद तथा विक्री गरेको जनाएको छ ।

ADVERTISEMENT

गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगले गर्दा दूधको कारोबारमा लक्ष्य अनुरुप उपलब्धी हासिल गर्न नसकेको संघको व्यवस्थापक कुमारमणि दहालले जानकारी दिए । गत आर्थिक वर्षमा संघले हेटौंडा दुग्ध वितरण आयोजनलाई १७ लाख ८ सय ९३ लिटर, हेटौंडा डेरी इन्डष्ट्रिजलाई २८ लाख २२ हजार ७ सय ५७ लिटर, निजि डेरीलाई ८९ लाख ९८ हजार लिटर र स्थानीयलाई ३ लाख ५४ हजार ४ सय ६५ लिटर दूध विक्री गरेको छ ।

दूध विक्री गरेर उद्योगबाट ४ करोड ४४ लाख ३८ हजार रुपैयाँ र स्थानीयबाट २ करोड ९१ लाख १९ हजार ३ सय २६ रुपैयाँ आर्जन गर्न सफल भएको छ । एक वर्षको अवधिमा संघको आम्दानी ९८ करोड ४९ लाख ६५ हजार ४ सय ७० रुपैयाँ रहेको छ भने खर्च ९८ करोड १७ लाख ४ हजार २ सय ७८ रुपैयाँ खर्च रहेको छ । मकवानपुर दुग्ध उत्पादक सहकारी संघमा ५३ वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्य लिएका छन् ।

दुग्ध प्रशोधन उद्योग सञ्चालनमा
मकवानपुरमा दुग्ध प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गत भदौ २० गतेबाट दुग्ध प्रशोधन उद्योग सञ्चालनमा आएको संघले जनाएको छ । उद्योगबाट उत्पादन भएका दूधको परिकार (दूध, दही, बटर, खुवा, पनिर)को गुणस्तरीय मापन गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा नमूना पठाएको मकवानपुर दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेँलले बताए ।

‘जिल्लाका कृषकले उत्पादन गरेको दूधलाई प्रशोधन र विविधीकरण गरी उपभोक्तासम्म पु¥याउने उद्देश्यले दुग्ध प्रशोधन उद्योग सञ्चालन गरेका हौँ ।’ उनले भने –‘उद्योगबाट उत्पादन भएका दही प्रति प्याकेट रु ८० रुपैयाँ, पनिर ७ सय ५० रुपैयाँ, खुवा ७ सय रुपैयाँ र बटस ९ सय रुपैयाँमा विक्री गरिरहेका छाँै । घ्यू र आइसक्रिमको उत्पादन हुन बाँकी नै छ।’

Advertisement 5

बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सहकार्यमा जिल्ला दुग्ध उत्पादक सहकारी संघले भीमफेदी गाउँपालिका– १ मा उद्योग सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *