हेटौंडा, मकवानपुरे पत्रकार होम कार्कीलाई सर्वोत्कृष्ट राष्ट्रिय पत्रकार वर्ष अवार्ड २०८० प्रदान गरेको छ । शनिबार न्यू मिडिया एकेडेमी र पिआईएम नेपालको संयुक्त आयोजनामा भएको पाँचौ हेटौंडा राष्ट्रिय जर्नालिज्म अवार्डको आयोजना गर्दै कार्कीलाई नगद पन्ध्र हजार रुपैयाँसहित सर्वोत्कृष्ट राष्ट्रिय पत्रकार अवार्ड प्रदान गरिएको हो ।
उत्कृष्ट पत्रकार वर्ष पुरुषतर्फ गणेश दुलाल र महिलातर्फ सरिता दहाललाई प्रदान गरिएको थियो । उनीहरुलाई नगद १० हजार रुपैयाँसहित अवार्ड प्रदान गरेको हो । यसैगरी खोज पत्रकार अवार्ड नवीन तिमल्सिनालाई, खेलकुद पत्रकार वर्ष अवार्ड विक्रमकुमार बानियाँलाई, ग्रामिण पत्रकार वर्ष अवार्ड सुनिता विष्ट, चलचित्र पत्रकार वर्ष अवार्ड राजेश थापा, अनलाइन पत्रकार वर्ष अवार्ड अनिल पराजुलीलाई, टेलिभिजन पत्रकार वर्ष अवार्ड मनिल महतो र उदायमान पत्रकार वर्ष अवार्ड रविन्द्र वाइवालाई प्रदान गरिएको थियो । उनीहरुलाई नगद ५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा अग्रज पत्रकार सम्मानतर्फ कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, हरि हुमागाईलाई सम्मान गरेको थियो । सञ्चार उद्यमी तर्फ रेडियो पालुङका ध्रुवराज ढकाल, हेटौंडा सन्देश राष्ट्रिय दैनिकका माधव न्यौपाने र हेटौंडा एफएम तथा नेशनल गोल्ड टेलिभिजनका उज्जवल चौलागाई सम्मान गरेको थियो । हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँलगायतले सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।







