जेनिथका विद्यार्थी दीक्षित

हेटौंडा, हेटौंडा ५ पिप्ले स्थित जेनिथ सकेन्डरी विद्यालयका यूकेजीमा अध्ययनरत विद्यार्थीहरु दीक्षित भएका छन् । शनिबार विद्यालयको सभाहलमा ग्राजुसेजन सेरोमोनी कार्यक्रममा उनीहरुलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

ADVERTISEMENT

२०८२ मा युकेजी अध्ययनरत विद्यार्थीहरु अब पूर्व प्राथमिक तहबाट प्राथमिक तह प्रवेश गरेको भनी दीक्षित गरिएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक रमिता पाण्डे, प्रमुख कार्यकारी अधिकृत सुमन्त सिलवाल, प्रधानाध्यापक श्रीबहादुर कार्की, सहायक प्रधानाध्यापक प्रिया पाण्डे, विद्यालय संयोजक ज्ञानुका थापालगायतले विद्यार्थीलाई दीक्षित प्रमाण पत्र र टोपी लगाइदिएका थिए । कार्यक्रममा साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक कार्कीले बालबालिकामा सकरात्मक सोच आउनुका साथै जोस, हौसला र पढाईमा समेत ध्यान दिने बताए । नर्सरी, एलकेजी र युकेजी अध्ययन पश्चातको कार्यक्रम रहेकाले सानो कक्षा देखिनै संस्कार सहितको अध्यापन गरिएको प्रधानाध्यापक कार्कीले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *