गौरीटारमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

हेटौंडा– नगरका सम्पुर्ण वडाहरुको सहभागिता हुने गरी अन्तर वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

२८६० औं छ्योनाम ल्योछारको अवसर पारेर हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–६ गौरीटार रंगशालामा प्रतियोगिता सञ्चालन हुने सुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आउँदो चैत्र ९ गते देखि २२ गते सम्म सञ्चाल हुने प्रतियोगिता नक आउट चरण सञ्चालन हुने खेलकुद समितिका संयोजक गोबिन्द नेगीले बताए । प्रतियोगितामा बिजेताले १ लाख र उप बिजेताले ५० हजार नगद पुरस्कार सहित शिल्ड तथा मेडल पाउँने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा बिद्यागत पुरस्कारको व्यवस्था पनि रहेपनि अहिले रकम एकिन नभएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ । वडा कार्यालय सहित वडा क्षेत्रमा रहेका उद्योग प्रतिष्ठान, समाजिक संघ सस्थासँगको समन्वयमा खर्च व्यवस्थापन गरीने आयोजक वडा खेलकुद बिकास समितिले जनाएको छ । खेलमा नगरका सबै वडाबाट सहभागिताको लागि समन्वय गरीने र खेलाडि समावेसको हकमा वडाको सिफारीस अनिवार्य रहेको अध्यक्ष मुक्तानले बताए ।

नगर स्तरीय प्रतियोगिताबाट खेल कौशललाई तिर्खादै अघि बढ्नका लागि सहयोग पुग्ने बिश्वास सहित खेल सञ्चालन गर्न लागिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए । पत्रकार सम्मेलन वडा खेलकुद विकास समितिका संयोजक नेगीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा सदस्य सिंहबहादुर लो, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फुटबल संघ मकवानपुरका उपाध्यक्ष युवराज लामा, ऋद्धि सिद्धि सिमेन्टका प्रबन्धक रेवन्त ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *