नृत्य प्रतियोगितामा योगेन, निमिस्का र अस्लेसा प्रथम

हेटौंडा, नवोदय नृत्य क्लवको आयोजनामा भएको एकल तथा समूहगत प्रतियोगितामा योगेन लामा, निमिस्का थापा र अस्लेसा बज्राचार्य प्रथम भएका छन् । प्रतियोगितामा श्रीति महत र संस्कृति लुइटेल द्वितीय र सोम्छ्यु लामा तृतीय भएका छन् ।

प्रतियोगितामा सुरुची श्रेष्ठ, लकिसा बज्राचार्यको समूह र लिजा विष्ट सान्त्वना हुन सफल भए । नवोदय नृत्य क्लवको अध्यक्ष अनुस्का बानियाँको अध्यक्षतामा भएको प्रतियोगितामा टप १५ बाट उत्कृष्ट विद्यार्थी छनौट गरिएको हो । प्रतियोगितामा करिव १०० जना भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा टप १५ छनौट हुँदै प्रथम, द्वितीय र तृतीय छनौट गरिएको क्रियटिभ आर्ट डिपार्टका संयोजक प्रलय चौलागाईले जानकारी दिए । टप १५ को छनौट भदौ १७ गते भएको थियो ।

प्रतियोगितामा नवोदय नृत्य शिक्षक पर्वत राई, विष्णु ठकुरी, सुस्मिता लामा, प्रलय चौलागाईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएका विद्यार्थीहरुलाई विद्यालयले आयोजना गरेको दशैँ तिहार विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button