मनहरी–१ मा सामाजिक सुरक्षाभत्ता नविकरण शिविर

हेटौंडा, मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका १ नम्वर वडा कार्यालयले सामाजिक सुरक्षाभत्ता नविकरण शिविर संचालन गरिरहेको छ । वडाले सेवाग्राही र असक्त नागरिकको सहजताको लागि वडाभित्र सुरक्षाभत्ता नविकरण शिविर संचालन गरेको वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए ।

ADVERTISEMENT

वडाध्यक्ष खनालका अनुसार, साउन १५ गतेदेखि संचालन गरिएको ६ दिने शिविर भोलि साउन २१ गते सोमबार सकिनेछ । उनले शिविर बिहानको समयमा मात्रै हुने गरेको बताए । वडाका अन्य सेवाग्राहीलाई असर नपर्ने गरी बिहान ७ बजेदेखि १० बजेसम्म शिविर संचालन भइरहेको र १० बजेपछि कार्यालयबाट अन्य सेवा दिइरहेको वडाध्यक्ष खनालले तु खबरलाई बताए । हालसम्म वडाको स्कुल गोगनपानी, झुल्याण गोगनपानी, चकरी, मकरी कृष्ण मन्दिर, मकरी राधाकृष्ण मन्दिरमा शिविरको आयोजना गरिएको १ नम्वर वडाका सचिव पुजन न्यौपानेले बताए । भोलि सोमबार भने मकरी पर्तामा शिविरको आयोजना गरिने वडा सचिव न्यौपानेले बताए ।

उनका अनुसार, वडाका ४१४ जनालाई सेवा दिने लक्ष्य रहेको उक्त शिविरबाट हालसम्म २६८ जनाले सेवा लिएका छन् । साथै वडा सचिव न्यौपानेले शिविरबाट सेवा लिन छुटेका नागरिकले वडा कार्यालयबाटै सेवा लिन सकिने पनि बताए । पछिल्लो समयमा उक्त वडाले असक्त, अपाङ्गलगायतको नागरिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता शिविर, सामाजिक भत्ता नविकरण शिविर, स्वास्थ्य शिविर, आँखा परीक्षण शिविर र राष्ट्रिय परिचय पत्र बनाउने शिविरलगायत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । साथै सो वडाले शिक्षा अहिलेको आश्यकता भन्ने नाराका साथ शिक्षामा पनि पहुँज बढाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya