हेटौँडामा पाँचजना बालश्रमिकको उद्धार

हेटौंडा, हेटौँडा उपमहानगरपालिकाको विभिन्न स्थानबाट पाँचजना बालश्रमिकको उद्धार गरिएको छ। अनुगमन टोलीले मङ्गलबार उपमहानगर क्षेत्रभित्रका बालश्रमिक प्रयोग हुन सक्ने विभिन्न होटेल, ग्यारेजलगायतका स्थानमा अनुगमन गरेको थियो।

ADVERTISEMENT

अनुगमन समिति संयोजक २ नं वडा सदस्य एवम् नगर बाल अधिकार समिति सदस्य सुरज बर्तौला, श्रम तथा रोजगार कार्यालय प्रमुख रुद्र नारायण शाह र अनित रसाईली, जिल्ला प्रशासन कार्यालयका दिपक पौडेल, जिल्ला प्रहरी कार्यालयकी लालमाया बाईवा, सिबिन बाल हेल्पलाईनका प्रबन्धक झविन्द्र ज्ञवाली, समाजसेबी ललिता ठिके र बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गानाको टोलीले गरेको अनुगमनका क्रममा उपमहानगरपालिकाको मेनरोड, थाहा मार्गबाट पाँचजना बालश्रमिकलाई उद्धार गरिएको हो।

अनुगमन टोलीले आर एण्ड आर ट्रेडर्सबाट १३ वर्षीय बालकको उद्धार गरेको छ । यस्तै मेनरोडमा रहेको विश्वकर्मा वकर्सपबाट १५ वर्षीय बालक, थाहा मार्गमा रहेको न्यु आशिका मेकानिकल वर्कसपबाट १५ वर्षीय बालक र थाहा मार्गमै रहेको न्यु विश्वकर्मा मोटर वर्कसपमा कार्यरत १४ वर्ष र १५ वर्षीय बालकलाई उद्धार गरेको हो । उद्धार गरिएका बालकहरुलाई सिबिन बाल हेल्पलाईनमा राखी श्रम तथा रोजगार कार्यालय मार्फत जरिवाना गराई पारिवारिक पुनर्स्थापना गराईने सिबिन बाल हेल्पलाईनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइरहँदा पनि बालश्रम भने अझै रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *