हेटौँडा, संस्थागत विद्यालयहरूले आगामी माघ १४ गतेदेखि माघ २२ गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ) पूर्वतयारी परीक्षा सञ्चालन गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रको परीक्षा तालिकाअनुसार परीक्षा सञ्चालन गर्न निर्देशन प्राप्त भएकाले केन्द्रकै तालिका अनुसार जिल्लामा पनि परीक्षा सञ्चालन हुने लागेको परीक्षा समिति संयोजक तथा प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले जानकारी दिए।
उनका अनुसार यही पुस २१ गते मकवानपुर जिल्लामा आबद्ध संस्थागत विद्यालयहरूको भेलाले परीक्षा सञ्चालनका लागि परीक्षा समिति गठन गरिसकेको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार माघ १४ गते अनिवार्य अङ्ग्रेजी, माघ १५ गते अनिवार्य नेपाली, माघ १८ गते अनिवार्य गणित, माघ १९ गते अनिवार्य विज्ञान, माघ २० गते सामाजिक शिक्षा, माघ २१ गते ऐच्छिक प्रथम तथा माघ २२ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुने छ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा केन्द्र तथा उत्तरपुस्तिका परीक्षण केन्द्र तोक्ने, साथै तीन विषयको उत्तरपुस्तिका परीक्षण एसइइको मापदण्डअनुसार गर्ने निर्णय प्रधानाध्यापकहरूको भेलाले सर्वसम्मत रूपमा गरेको अध्यक्ष सुवेदीले बताए।
परीक्षाका लागि प्रवेशपत्र माघ ६ गतेदेखि वितरण गरिने र परीक्षाका लागि आवश्यक परीक्षा केन्द्रहरू पनि तोकिने जनाइएको छ।
ADVERTISEMENT