हेटौँडा, बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयले सार्वजनिक सूचना जारी गर्दै उपाध्यक्ष पदका लागि दर्खास्त आह्वान गरेको हो ।
संरक्षक समितिले विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि १५ दिनभित्र आवेदन पेस गर्ने सूचना जारी गरेको हो ।\
उपाध्यक्षको नियुक्तिका लागि योग्यता पुगेका उम्मेदवारहरूले आगामी भदौ ११ गतेभित्र संरक्षक समितिको सचिवालय हेटौँडा वा उपस्थित हुन नसकेमा इमेल मार्फत आवश्यक कागजातसहित निवेदन पेस गर्न भनेको छ ।
प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिमका कागजातसहित निवेदन पेस गर्न सूचना जारी गरिएको हो । बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष विश्वविद्यालयको प्रशासनिक प्रमुख हुने व्यवस्थाअनुसार नियुक्तिका लागि सूचना माग गरिएको सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रेले जानकारी दिए ।







