बंशगोपाल दुग्ध सहकारीको ३३ औँ वार्षिक साधारणसभा

हेटौंडा, हेटौडा ६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औँ वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

ADVERTISEMENT

साधारणसभामा संस्थाका अध्यक्ष चौलागाईले संस्थागत प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले आर्थिक प्रतिवेदन, कृषक हितकोषका सदस्य नवराज पौडेलले हितकोषको प्रतिवेदन, पशुधन संरक्षण तथा स्वास्थ्य उपसमिति सदस्य श्यामप्रसाद भट्टराईले पशुधन सम्वन्धि प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा विभिन्न विधाका उत्कृष्ट किसानहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य हरि प्रसाद सिग्देल, विसुनाथ सापकोटा , दिलकुमारी अधिकारी लगायतकालाई सम्मानित गरिएको थियो । यसैगरि बढी दूध र पशुआहार खरिद गर्ने आशिष मल्ल, बासुदेव अधिकारी बलराम गौतम, भाडा सफा राख्ने लक्ष्मी कार्की , गोठ सफा राख्ने केदार प्रसाद अधिकारी , असली ऋणि जयराम घिमिरे , धनकुमारी गौतम र नियमित बचतकर्ता यादव सापकोटा र कृष्णप्रसाद दुलाललाई पुरस्कृत गरिएको थियो । साधारणसभामा सञ्चारकर्मी भीमसेन पौडेल, निर्वाचन समिति संयोजक रमेश प्रसाद लामिछाने सदस्य बद्री बहादुर पाठकलाई पनि पुरस्कृत गरिएको थियो ।

साधारणसभामा हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, बागमती प्रदृेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कडेल, संस्थापक अध्यक्ष हरि प्रसाद सिग्देल , पूर्व अध्यक्ष बासुदेव सापकोटा, निवर्तमान अध्यक्ष श्याम प्रसाद न्यौपाने , रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya