श्रीकृष्ण जन्माष्टमीको अवसरमा थाहामा विविध कार्यक्रम हुने

हेटौंडा, श्रीकृष्ण जन्माष्टमीको अवसरमा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विविध कार्यक्रम हुने भएको छ । भाद्र १० गते लिटिल राधा कृष्ण तथा सांस्कृतिक झाँकी प्रर्दशनी, खाना महोत्सवसहित लाइभ दोहोरी तथा भाद्र ११ गते वृहत सांस्कृतिक कार्यक्रम तथा घैटो फुटाउने प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट थाहा नगरको मुख्य बजार शिखरकोटमा घैटो फुटाउने जात्रा र जन्माष्टमीको दिन लिटल राधाकृष्ण र लिटल लाखे प्रतियोगिता हुने गर्दछ। २०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार ब्यबस्थापन समिती र शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी सस्कृतीको सास्कृतिक सहयोगमा आयोजना हुँदै आइरहेको २४ औं घैटो फुटाउने जात्रा भब्य र सभ्य रुपमा सम्पन्न गर्न मेला व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ। यो बर्ष घैटो फुटाइ सङै अन्य विविध कार्यक्रम हरु बाल राधाकृष्ण प्रतियोगिता ,बाल लाखे नाच प्रतियोगिता तामाङ समुदायको ढ्याङ्रो नाच प्रदर्शनी ,गोपाली गाउँ,ओखरबजार तथा पालुङ्गको धिमे बाजा सहित लाखे नाच समेत प्रदर्शन गरिने छ भने महिला पञ्चेबाजा र महिला खैचेडी भजन सहित खाना महोत्सव सहित लाइभ लोकदोहोरी सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ।

लाइभ दोहोरीमा कलाकारहरु अजित लोप्चन,प्रीती घर्ती मगर,शितल कल्पना,दिपराज खत्री,सुनिल नेपाल,बिश्वराज अधिकारी र रुपचन्द्र सापकोटा रहने आयोजकले जनाएको छ। भाद्र १० गते कृष्ण मन्दिरमा पुजाआजा सहित लिटल राधाकृष्ण प्रतियोगिता सहित लिटल लाखे,धिमे बाजा र तामाङ ढ्याङ्रो झाकी सहित पालुङको महिला पंचेबाजा र किटेनिको महिला खैचडी भजन समेत प्रदर्शनी हुने र ३ बजे पछि लाइभ दोहोरी र फुड फेस्टिबल हुने आयोजकले जनाएको छ भने भाद्र ११ सा्स्कृतिक कार्यक्रम सहित दिउँसो १ बजेबाट घैटो फुटाउने प्रतियोगिता हुने छ भने तेसपछि श्रीकृष्णको रथ यात्रा प्रारम्भ भै जात्रा समापन गरिने बजार व्यवस्थापन समितिको अध्यक्ष मनोज रायमाझीले जानकारी दिए। रायमाझीका अनुसार लिटल राधाकृष्ण प्रतियोगितामा नाम दर्ता गर्न निशुल्क हुने तथा नाम दर्ता गराउनको निम्ति फोन न ९८५५०७२५३३ र ९८१८७२७९२८ मा सम्पर्क गर्न सकिने छ। कार्यक्रम लाई यति ब्रुअरीले मुख्य प्रायोजन गरेको छ भने थाहा नगरपालिका,बजार व्यवस्थापन समिती शिखरकोट,गोपाली समाज,शिखर क्लव,नवजागृत पुस्तकालय,दामन चेली समाज,फरक सोच,थाहा नगर ब्याडमिन्टन संघको आयोजना रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *