हेटौंडा, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । आजबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा बकैया गाउँपालिका, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ मकवानपुर, मकवानपुर जिल्ला खेलकुद विकास समिति र कैलास गाउँपालिका पुग्न सफल भएको छ ।

आज भएको उद्घाटन खेलमा कैलास गाउँपालिकाले नेपाल पत्रकार महासंघलाई २५–१२, २४–२६ र १५– ९ को सेटले पराजित गर्न सफल भयो । यसैगरी आज भएको दोस्रो खेलमा सामुदायिक सेवा केन्द्रले मुख्यमन्त्री मन्त्री परिषदलाई २५–९ र २५–११ को सोझो सेटले पराजित गर्न सफल भयो । यसैगरी आज भएको तेस्रो खेलमा किताबखानाले राक्सिराङ गाउँपालिकालाई २५–१६ र २५–२१ को सोझो सेटले पराजित गर्न सफल भयो । आज भएको चौथो खेलमा आयोजकलाई २५–८ र २५–७ को सेटले पराजित गर्दै थाहा नगरपालिका विजयी बन्यो ।
आज भएको पाचौँ खेलमा बकैयाँ गाउँपालिकाले वन तथा वातावरण मन्त्रालयलाई २५–१२ र २५–१४ को सेटले पाखा लगायो । त्यसैगरी आज भएको छैठौँ खेलमा प्रदेश किताबखानालाई २५–१६ र २५–२१ को सेटले पराजित गर्दै जिल्ला खेलकुद विकास समिति सेमिफाइनल प्रवेश गरेको हो । यसैगरी आज भएको क्वाटरफाइनल खेलमा थाहा नगरपालिकालाई २६– २४ र २५–१७ को सेटले हराउँदै सामुदायिक सेवा केन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।
आज भएको क्वाटरफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई २५–१२ र २५–१८ को सेटले पराजित गर्दै कैलाश सेमिफाइनल प्रवेश गरेको हो । त्यसैगरी आज भएको अन्तिम क्वाटरफाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई २५–१३ र २५–२३ को सेटले पराजित गर्दै बकैयाँ गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल प्रवेशको लागि बकैया गाउँपालिकाले सामुदायिक सेवा केन्द्रसँग र मकवानपुर जिल्ला खेलकुद विकास समितिले कैलास गाउँपालिकासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।







