नेकपा एमालेकाे प्रचार अभियान तिब्र

हेटाैँडा/ निर्वाचन नजिकिदैँ जाँदा नेकपा एमालेले मतदाता भेटघाटलाई तिब्र बनाएकाेे छ । नेकपा एमालेका नेता कार्यकर्ताहरू मतदाता बीचमा पुगि पार्टीप्रति विपक्षीले फैलाएकाे भ्रमलाई चिर्न र आफ्नाे पार्टीका उम्मेद्वारकाे पक्षमा मत सृजना गर्न लागि परेका छन् ।

ADVERTISEMENT


हेटाैँडा-४ नं. वडाका विभिन्न टाेलहरूमा मतदाताहरूकाे बाक्लाे उपस्थितिमा पार्टीकाे चुनावी एजेण्डाहरूबारे जनतालाई प्रष्ट पार्दैछन् । यसैक्रममा हेटाैँडा ४ नं. वडाकाे विभिन्न टाेलमा मतदाताहरू भेटघाटकाे क्रममा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले मुलुकमा राष्ट्रिय स्वाधिनता, संविधानकाे रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्विकाे लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भएकाे छ । केन्द्र, प्रदेश र स्थानीय सरकारकाे नेतृत्व एमालेले गरिरहँदा सडक, खानेपानी, विधुतीकरण, विध्यालय र स्वास्थ्य चाैकीकाे स्तरउन्नतिले तिब्रता पाएकाे भन्दै कृषि र पर्यटनकाे विकासकाे लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताउनु भयाे ।


त्यस्तै, प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले आज गाउँ र टाेलटाेलसम्म विकासकाे लहर आउनु र स्थानीय तहमा बजेटकाे ठुलाे हिस्सा विनियाेजन गर्ने, सामाजिक सुरक्षा मार्फत बृद्वबृद्वा, अपाङ्गता, एकल महिला र दलितलाई सामाजिक सुरक्षा भत्ता महत्वपूर्ण कार्यहरू एमाले कै नितिकाे कारण भएकाे बताउनु भयाे । उहाँले नेकपा एमालेकाे सरकारले गरेकाे कामकाे मूल्याँकन गरेर मतदाताहरूले सूर्य चिन्हमा मतदान गर्ने विश्वास गर्नुभयाे । एमालेले जनप्रिय कार्य गरि लाेकप्रिय भएकाले पार्टीमाथी विभिन्न प्रहार भईरहेकाले जनताले न्यायपूर्ण मतदान गरि फागुन २१ गतेपछि एमालेकाे बहुमतसहितकाे सरकार बन्ने दावी गर्नुभयाे ।


कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, जिल्ला सदस्यहरू शिवहरी दाहाल, मिलन पाठकलगायत विभिन्न तहका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *