सिआन पुर्नस्थापना केन्द्रलाई एकलाख रुपैयाँको औषधी सहयोग

हेटौंडा, लागूऔषधमुक्त समाजको उद्देश्यसहित लागूऔषध प्रयोगकर्ता सुधारको अभियान सञ्चालन गरिरहेको सिआन पुर्नस्थापना केन्द्रलाई हेटौंडा ९ नम्वर वडा कार्यालयले एकलाख रुपैयाँ बराबरको औषधी सहयोग गरेको छ ।

हेटौंडा ९ का वडाध्यक्ष सुकराम केसीले विहीबार सिआन पुर्नस्थापनाका सञ्चालक सौजन डिसीलाई औषधी हस्तान्तरण गरेका हुन् । ‘हेटौंडा ९ नम्वर वडामा रहेको पुर्नस्थापना केन्द्रले लागूऔषध प्रयोगकर्तालाई सुधारको निम्ति कार्य गरिरहेको छ ।’ वडाध्यक्ष केसीले भने –‘संस्थाको माग बमोजिम वडाले बजेट विनियोजित गरी एक लाख रुपैयाँ बराबरको औषधी सामग्री सहयोग गरेका हुँ ।’

वडा कार्यालयले हेटौंडा ९ मा रहेको मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आइरहेको उनले बताए । मकवानपुर जिल्लामा २०७३ सालबाट सञ्चालनमा आएको सिआन पुर्नस्थापना केन्द्रले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तिहरुको विभिन्न तरिकाले उपचार गर्दै आइरहेको छ ।

हाल सिआन पुर्नस्थापना केन्द्रमा ६३ जना पुरुष र ३ जना महिलाले सेवा लिइरहेको डिसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *