सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडामा रहेका सामुदायिक विद्यालयहरुले निःशुल्क अंग्रेजी माध्यममा पढाउन सुरु गरेका छन् । वडा शिक्षा समन्वय समितिले निःशुल्क रुपमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएपछि
आइतबारबाट सामुदायिक विद्यालयहरुले पठनपाठन सुरु गरेका हुन् ।

ADVERTISEMENT

वडामा रहेको बाल उज्वल मावि र महेन्द्र किरण माविको कक्षा १ बाट अभियान सुरु गरिएको छ । शिक्षा समन्वय समितिले हेटौंडा उपमहानगरपालिका, उपमेयर राजेश बानियाँ र युनिलिभर नेपाल लिमिटेडसंगको सहकार्यमा ५ वर्षभित्र कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट शिक्षा दिने व्यवस्था गर्ने बताइएको छ । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया“ले अभियानको शुभारम्भ गरेका हुन् । अभियानको उद्घाटन गर्दे उपमेयर बानिया“ले शिक्षा क्षेत्रको विकासमा उपमहानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उपमहानगरपालिकाको पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई समावेश गरिएको जानकारी दिँदै उनले भने, ‘वार्षिक नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर समावेश गरेका छौं । हामी उपमहानगरको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक काम गर्न तयार छौं ।’ उपमेयर बानिया“ले हेटौंडामा विभिन्न किसिमको प्राविधिक बिषयको पढाई भिœयाउनेतर्फ उपमहानगरले काम गरिरहेको जानकारी दिए । हेटौंडामै प्राविधिक शिक्षा पढ्ने व्यवस्था मिलाइरहेको भन्दै उनले अब प्राविधिक पढ्नका लागि छिमेकी जिल्ला धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

उनले आगामी शैक्षिक सत्रबाट धेरै विद्यालयले प्राविधिक शिक्षाको थालनी गर्ने बताए । समितिले कक्षा १ मा अध्ययनरत् ७० जना विद्यार्थीलाई एकवर्षका लागि आवश्यक पर्ने किताबसहित सम्पूर्ण स्टेशनरी सामग्री, ड्रेस, ट्रयाकसुट र व्यागको व्यवस्था
गरेको छ । आगामी वर्षबाट २ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने गरी तयारी गरेको समितिका सदस्य टेकनाथ शिवाकोटीले जानकारी दिए । वर्षेनी निःशुल्क शिक्षाको दायरा बढाउ“दै लैजाने जानकारी दिँदै उनले अबको समय अंग्रेजी शिक्षाको भएकोले यस्तो व्यवस्था गरिएको बताए ।

वडा अध्यक्ष ढलकबहादुर थापाका अनुसार सम्पूर्ण विद्यार्थीलाई अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षा प्रदान गर्ने गरी तयारी गरिरहेको र त्यसका लागि दाताको खोजी कार्य भइरहेको छ । अभियानको शुभारम्भमा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले कार्यक्रममा आफ्नो कला तथा सांस्कृति समेत प्रस्तुत गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *