श्याम बानियाँको ‘माया भन्नु’ र ‘शून्य शून्य’को म्यूजिक भिडियो सार्वजनिक

हेटौंडा, हेटौँडा-५ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमी का प्रिन्सिपल तथा साहित्यकार श्यामकुमार बानियाँको नवीन गीत ‘माया भन्नु’ र ‘शून्य शून्य’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमका बीच बानियाँको दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

ADVERTISEMENT

सङ्गीतकार लाल श्रेष्ठको सङ्गीत रहेको ‘माया भन्नु’ को म्युजिक भिडियोमा अजर फुयाँल, रिया श्रेष्ठ, बेनु शर्मा, रजनी अधिकारी, सङ्गीता श्रेष्ठ, प्रसुभा देवकोटा, रामु गिरी, तथा बालकलाकारको रुपमा कृषा खड्का लगायतको अभिनय रहेको छ भिडियोलाई महेन्द्र ‌ओझाले निर्देशन, छायाङ्कन तथा सम्पादन गरेका हुन् । बानियाँले लेखेका गीतहरूमध्ये ‘ए जिन्दगी’, ‘हिमालमा घाममा झुल्क्यो’, ‘म्यासेजको घण्टी’ सार्वजनि भईसकेको छ ।

उनको अर्को गीत ‘देखारीमा घाम लुक्दा’ रेकर्डको क्रम रहेको बानियाँले बताए । कार्यक्रममा साहित्यकार सुबास खनालले भने –‘माया धेरै प्रकारको हुन्छ । श्यामकुमार बानियाँले रचना गर्नुभएको ‘माया भन्नु’ गीतमा देश प्र्रेम झल्किएको पाइन्छ । ’ यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नवीन सिग्देलले गीतमा मायाको पाटो हुन्छ भन्ने कुरा आज थाहा पाएको बताए । पछिल्लो समय मकवानपुर जिल्ला साहित्यको माहोल बन्दै गरेको उनले दाबी गरे । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *