लागूऔषधसहित एकजना पक्राउ

हेटौँडा, मकवानपुर प्रहरीले लागूऔषध वनरेक्ससहित एकजनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका ९ बस्ने २४ वर्षीय मुम्ताज मिया रहेका छन् ।

ADVERTISEMENT

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा चेकिङको क्रममा अमलेखगञ्ज बाराबाट काठमाडौंतर्फ जानको लागि आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो चेकिङको क्रममा हुडमा रहेको स्पेर टायरभित्र लुकाएर ल्याएको अवस्थाको २२५ बोतल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टायर भित्र प्वाल पारेर लुकाइ ल्याएको अवस्थामा एकसय मिलिलिटरको वनरेक्ससहित सुमो चालक मियालाई सुमोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले मियालाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya