हेटौँडामा रोश्नी चौलागाईंको एकल कविता वाचन

हेटौँडा, नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिको आयोजनामा शुक्रबार हेटौँडामा कवि रोश्नी चौलागाईंको एकल कविता वाचन एवं विमर्श कार्यक्रम भएको छ। कार्यक्रम चौतारीकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकार आर.सी. रिजाल प्रमुख अतिथि रहनु भएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा कविका कविताहरूमाथि विमर्श कवि शान्ति प्रियवन्दनाले गर्नुभयो। कवि चौलागाईंले दुई चरणमा तीन–तीन गरी आफ्ना आधा दर्जन कविता वाचन गर्नुभयो। महासचिव स्वस्तिका दाहालले कार्यक्रम सहजीकरण गर्नुभएको थियो भने उपमहासचिव रचना भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि रहनु भएको रिजालले कवि चौलागाईंको आगामी साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गर्दै आफ्नो कविता वाचन गर्नुभयो।

नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय सल्लाहकार रमेशमोहन अधिकारीले पनि कवि चौलागाईंको नवसर्जकसँगको यात्रा निरन्तर रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय सल्लाहकार डी.बी. बर्तौला, अग्रज साहित्यकार तुलसी घिमिरे, जनार्दन खनाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हास्यव्यंग्यकार एवं अग्रज साहित्यकार राजकुमार लामिछाने, साहित्यकार सम्प्रस पौडेल, सानु खनाल, संजित श्रेष्ठ, छवि अनित्य, एस.आर. मन्जरी, सागर तिमल्सिना, भावना सापकोटा, राजुराम राउतलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *