हेटौंडा जेसीजको आयोजनामा शुभकामना आदानप्रदान

हेटौंडा , हेटौंडा जेसीजले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान पर्व दसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

ADVERTISEMENT

हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षता तथा वर्ष सन् २००५ का अध्यक्ष देवेन्द्रध्वज कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख शान्ति, समृद्धिको कामना गर्दै आपसी सद्भाव एवम् भाइचाराको सम्बन्ध स्थापित होस् भन्दै शुभकामना दिए । उनले यो वर्ष प्राकृतिक प्रकोपका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै बिपत्तीबाट जोगिँदै समस्यामा परेकालाई सहयोग गरेर चाडपर्वको खुसी साटासाट गर्न सबैलाई आह्वान समेत गरे ।

त्यस्तै सभाध्यक्ष श्रेष्ठले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दसैँ पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको स्मरण गरे । दसैँले एकताको सन्देश प्रवाह गरेको भन्दै अध्यक्ष श्रेष्ठले मकवानपुरमा रहेका सम्पूर्ण जेसीज शाखाहरुलाई हातेमालो गरेर सामाजिक सेवा तथा संस्थागत विकासको क्षेत्रमा अघि बढ्न आह्वान गरे । उनले प्राकृत्तिक विपत्तीमा परेकाहरुलाई जेसीजमार्फत् सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा जेसीजका निवर्तमान शाखा अध्यक्ष श्रवणकुमार बर्तौला, पूर्वअध्यक्षहरु, पवन कुमार कंशाकार, राजदेव बानियाँ, कुश कुमार रिजाल, अरुण कुमार दाहाल, बस्तिपुर जेसीजका अध्यक्ष अमृत पाठक, चैनपुर जेसीजका अध्यक्ष रविन ढकाल, हेटौंडा लेडी जेसीजकी अध्यक्ष सजिता केसी, बकैया जेसीजका संस्थापक अध्यक्ष रमेश फुयाँललगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *