हेटौंडा, राष्ट्रिय आविश्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्य सहित नेपाली काँग्रेस मकवानपुरका नेता प्रभात दाहाले महाबिर पुनका एक सय पुस्तक खरिद गरेका छन् । वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको उदेश्य लिएर देशव्यापी पुस्तक बिक्रीमा रहेका पुनःको १ सय थान पुस्तक दाहालले शुक्रवार खरिद गरेका हुन् ।
७५० रुपियाँ नेपाली मुल्य रहेको पुस्तक बिभिन्न पुस्तकालय, किताब खरीद गर्नबाट छुटेका व्यक्तिलाई अध्ययनका लागि दिने सोच रहेको नेता दाहालले बताए । यसै आफ्नो व्यक्तिगत खर्चलाई कटाएर नेपालमै केही गरौं भन्ने युवा पंक्तीलाई अध्ययनका लागि दिने सोच रहेको उनले बताए । नेपाल र नेपालीका लागि केही गर्छु भन्दै देश भर हिरीरहेका पुनलाई हाम्रो तर्फबाट पनि हौसला दिनु पर्ने सोच सहित करिब ७५ हजार रुपियाँको लागतमा पुस्तक खरीद गरेको नेता दाहालले बताए । किताब किनेर बाढ्ने भन्ने होइन यसका विषय बस्तु राष्ट्रका लागि वैज्ञानिक पुनले गरेको योगदानबाट यहाँका युवा पुस्ताले केही सिक्न जरुरी छ, त्यो सिकाइ पुस्तकबाट हुने विश्वास आफूमा रहेको नेता दाहालले बताए ।
किताब खरिद गरेका दाहाललाई पुस्तक हस्तान्तरण गर्दै युवा पङ्क्तिमा यो खालको सोच हुन जरुरी रहेको बताए । सरकारले २०४९ सालमा बन्द गरेको कृषि औजार कारखानामा आविष्कार केन्द्रको १ करोड रुपियाँ मर्मतको क्रममा फसिसकेको छ त्यहाँबाट नेपाली माटो सुहाउँदो कृषि औजार उत्पादनबाट अघि बढाउनका लागि पुस्तक बिक्री अभियान थालेको वैज्ञानिक पुनले बताए । मर्मतको जिम्मेवारी दिएर काम गरियो केन्द्रको १ करोड सरकारले दिने सम्भावना नदेखेपनि हामी आफै कारखाना सञ्चालनको क्रममा होमिएको उनले बताए । देशभर देखिएको म र मेरो काम प्रतिको हौसलाले करिब २० करोड रुपियाँ कारखाना सञ्चालनका लागि सङ्कलन हुने अपेक्षा आफूले गरेको उनले बताए । लाई







