हेटौंडा, मकवानपुरमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । जिल्लामा करिब ३२ हजार दुई सय बयालिस जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । भिटामिन ‘ए’ खाने छदेखि ५९ महिना उमेरसम्मका २९ हजार एकसय बाइस जना बालबालिकालाई जुकाको औषधी खुवाइएको छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १२ हजार ६६३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइएको छ भने ११ हजार ४५३ जना बालबालिकालाई जुकाको औषधि खुवाइएको हो । । सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ७८८ बालबालिकालाई भिटामिन ए क्याप्सुल र ७११ बालबालिकालाई जुकाको औषधि खुवाइएको हो ।
कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ४ सय ७२ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको थियो । जसमध्य हेटौँडा उपमहानगरपालिकामा ९२, मनहरी गाउँपालिकामा २१, राक्सिराङ गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ४२, भीमफेदी गाउँपालिकामा ४९, बागमती गाउँपालिकामा ३३, बकैया गाउँपालिकामा ६६, मकवानपुरगढी गाउँपालिकामा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ जना स्वयंसेविका परिचालन गरिएको थियो ।







