साईराम सहकारीको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

हेटौंडा, हेटौंडा–२ मा रहेको साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य बिद्यापति पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । २ हजार ९७ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ३ करोड रुपैयाँ, कर्जा लगानी २७ करोड ६० लाख रुपैयाँ रहेको सहकारीको व्यवस्थापक राजकुमार तिमल्सिनानले जानकारी दिए ।

कार्यक्रममा नियमित बचततर्फ उपेन्द्र बराल र दिलकुमारी खत्रि, कर्जातर्फ सुनिता तिमल्सिना, सिता देवि कोईराला, प्रमिला कुमारी चौधरी, दुर्गा लक्ष्मी श्रेष्ठ र कमल बहादुर महतलाई पुरस्कृत गरेको थियो । यसैगरी उत्कृष्ट बचततर्फ दिनेश बख्रेल र शान्तिकुमारी अधिकारीलाई पुरस्कृत गरेको थियो भने जेष्ठ सदस्यमा हेमकान्त पराजुलि, रामकृष्ण अर्याल र दुर्गादेबि मिश्रलाई सम्मान गरेको थियो । कार्यक्रममा नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव बिजयबहादुर बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *