पशुपती थामीको उपचारमा उपमहानगरको साथ

हेटौंडा, आर्थिक अभाबले स्वास्थ्य उपचारबाट बञ्चित बनेका बिपन्न समुदायका व्यक्तीलाई हेटौंडा उपमहानगरपालिकाले साथ दिएको छ । दैनिक जिवन यापनका लागि पनि समस्यामा रहेको हेटौंडा–१८ थामिटोलका ४५ बर्षिय पशुपती थामीको उपचारमा उपमहानगरले साथ दिएको हो । केहि समय अघिबाटै स्वास्थ्य समस्या व्यहोरीरहेका थामिको पहिलो चरणको उपचार हेटौंडा अस्पतालमा भइरहेपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पतालले बेड छोडेर घर जान भनेपनि उनि गएका थिए ।

ADVERTISEMENT

तिन दिन अघिबाट उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामासँगको समन्वयमा हेटौंडा अस्पतालमा उपचार भएपनि चिकित्सकले घर जान भनेपछि अस्पतालबाट बाहिरीएका थामीलाई मंगलबार सिएमसी चुरेहील अस्पताल पु¥याइएको छ । अस्पतालबाट बिना जानकारी घर गएका थामीलाई भेट्न मंगलबार नगर प्रमुख लामा र हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ सबेरै उनको घरमै पुगेका थिए । घरमा पुगेका उनिहरुलाई देखेपछि थामी सुतिरहेको ओछ्यानबाट उठेर मुस्कुराउँदै बसेका थिए । स्वास्थ्यमा समस्या भएका कारण बोली नआएपनि हातको इसारबाट उनले केही जानकारी नगर प्रमुख लामा र वडा अध्यक्ष बानियाँलाई गराएसँगै थप उपचारको लागि चुरेहील लगिएको हो । हेटौंडा अस्पतालको रिपोर्ट अनुसार स्वास्थ्यमा अन्य समस्या नभएपनि ‘प्लेटलेट’ को मात्रा घटेको देखिए बताइएको छ ।

उपचारको क्रममा पोषणयुक्त खानेकुराको अभाबका कारण स्वास्थ्यमा सुधारहुन नसकेको आंकलनका साथ उनलाई स्थानिय हर्नामाडि स्वास्थ्य चौंकी मार्फत सञ्चालनमा रहेको एम्बुलेन्स मार्फत थप उपचारका लागि चुरेहील पु¥याइएको थियो । बिरामी थामीसँगै चुरेहील पुगेका नगर प्रमुख लामा र अध्यक्ष बानियाँले चिकित्सक र व्यवस्थापनसँग समन्वय गर्दै उपचारमा कुनै समस्या नहुन सुझाब दिए ।

ADVERTISEMENT

दैनिक जिवन यापनका लागि मजदुरी गनुपर्ने अवस्थामा रहेका उनको परिवारको लागि उपमहानगरपालिकाले आवश्यक खाध्यान्ह उपलब्ध गराएको थियो । नगर प्रमुख लामा र वडा अध्यक्ष बानियाँले बिरामी थामीका लागि चामल, दाल, तेल, स्वयाबिन, कुखुराको अण्डा लगाएका खाध्यान्ह हस्तान्तरण गरेका थिए । दैनिक जिवन यापनमा समेत समस्यमा रहेका थामी समुदायको उपचारमा सहज अवस्था श्रृजना गर्नका लागि वडाको सिफारीसमा उपमहानगरले स्वास्थ्य बिमा गरीदिने नगर प्रमुख लामाले बताइन् ।

आर्थिक अभाबका कारण स्वास्थ्य उपचारमा समस्या हुने, शिक्षाबाट बिमुख हुनपर्ने, दैनिक जिनव यापनमा समस्या व्यहोर्न पर्ने अवस्थालाई निराकरणका लागि उपमहानगर तयार रहेको उनले बताइन् । हेटौंडा–१८ मा रहेका थामीटोलका बासिन्दा दैनिक जिवन यापनका लागि मजदुरी गर्दै जिवन चलाउँदै आएका छन् । त्यहाँ १७ घर परिवार थामी समुदायको बासोबास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *