औषधीय प्रयोजनका लागि गाँजा प्रयोगको अधिकार दिन मुख्यमन्त्री बानियाँको आग्रह

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय उपयोगका लागि गाँजाको प्रयोग गर्न कानुनी अधिकार दिन संघीय सरकारसँग आग्रह गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलका क्रममा मुख्यमन्त्री बानियाँले गाँजामा रहेका औषधीय गुणलाई ध्यानमा राखी यसको नियमनसहित प्रयोगको बाटो खोलिनुपर्ने बताएका हुन् ।

ADVERTISEMENT

मुख्यमन्त्री बानियाँले सिंहदरबार वैद्यखानामै औषधिका रूपमा गाँजाको प्रयोग भइरहेको उदाहरण दिँदै सरकारले स्पष्ट कानुनी व्यवस्था गरेर यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।उनले प्रारम्भिक चरणमा मकवानपुरलगायत केही जिल्लालाई ‘पकेट क्षेत्र’ घोषणा गरी परीक्षणका रूपमा कार्यक्रम सञ्चालन गर्न सकिने बताए । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी उत्पादन, प्रयोग, नियमन तथा अनुगमनको प्रभावकारी व्यवस्था मिलाएर मात्रै कार्यान्वयन गर्नुपर्ने उनको धारणा थियो ।

मुख्यमन्त्री बानियाँले औषधीय प्रयोजनका लागि गाँजाको प्रयोगले कृषकको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा स्वास्थ्य क्षेत्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *