खसी कप फुटबल प्रतियोगिताः सेमिफाइनल संस्करण पूरा

हेटौंडा, हेटौंडामा जारी खसी कप ८ ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । आइतबारको खेलसँगै अन्तिम ४ टिमको टुङ्गो लागेको हो । आइतबार पहिलो खेलमा सानोपोखरा क्लबलाई ३–० ले पराजित गर्दै फ्रीडम ब्वाईज क्लव सेमिफाइनल प्रवेश गरेको छ ।

ADVERTISEMENT

आज भएको दोस्रो खेलमा एफसी रुद्रेश्वरलाई ३–० को गोल अन्तरले पराजित गर्दै रत्नकालि क्लब सेमिफाईनल प्रवेश गरेको छ । सेमिफाइल खेल अन्तर्गत पहिलो खेल न्यु मधुरिमा युथ क्लब र सिचाई टोल बिरुद्द फ्रीडम ब्वाईजबीच दिउसो २ः३० बजे र पिप्ले भेट्रान्स बिरुद्द रत्नकालि क्लब, राईटोलको खेलबीच दिउसो ३ः३० बजे हुने आयोजिक पिप्ले क्लवका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल असोज २२ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता बिजेता टिमले ३० केजिको खसी, उपविजेताले २० केजीको खसी र उत्कृष्ट तथा सर्वाधिक गोलकर्ता खेलाडीले लोकल कुखुराको भाले उपहारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ द म्याचलाई पनि एउटा भाले प्रदान गरिने छ । क्लबले बिगत ३० वर्षदेखि वडा दसैंको अवसरमा खसी कप प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *